१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै कोशी गाउँपालिका–५ का ३८ वर्षीय नसिमुद्धिन मियाँविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कात्तिक १७ गते उजुरी दिएकी छन् ।
पीडित बालिकालाई आरोपितले कात्तिक १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले प्रहरीमा उजुरी दिएकी हुन् ।
पीडितले दिएको उजुरीका विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर सुभेश अधिकारीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १७ गते इनरुवा अस्पतालमा गरिएको छ ।