INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला सुरक्षा आवास गृह सञ्चालनमा

हिंसामा परेका महिलाहरूलाई संरक्षण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, कानुनी सेवा, आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पाटनमा महिला सुरक्षा गृह सञ्चालन गरिएको छ ।

क्याप्सन : बैतडीको पाटनमा रहेको महिला सुरक्षा अवास गृहको एक कार्यक्रमका बिच उद्घाटन गरिदै
क्याप्सन : बैतडीको पाटनमा रहेको महिला सुरक्षा अवास गृहको एक कार्यक्रमका बिच उद्घाटन गरिदै

आवास गृहको मापदण्ड अनुसारका सुविधा सहित ०७३ मङ्सिर ५ गते एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले उदघाटन गरेका हुन् । सुरक्षा गृह सञ्चालनको जिम्मा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थालाई दिइएको छ ।

महिला तथा बालबालिका कार्यालयको समन्वय तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक सहयोगमा महिला सुरक्षा गृह सञ्चालन गरिएको हो । महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका कार्यालय प्रमुख अनिता बुढाऐरले बताए ।

हिंसामा परेका महिलाहरूलाई संरक्षणका लागि महिला सुरक्षा गृहमा राखिने कार्यालय प्रमुख अनीता बुढा ऐरले बताइन् ।

अन्य

भिडियो