११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका–४ डाँडाटोलका २४ वर्षीय इन्द्रबहादुर तामाङलाई जिल्ला अदालतले कात्तिक १४ गते नौ वर्ष कैद सजाय र १० हजार रुपियाँ जरिबाना असुल गर्ने फैसला गरेको छ ।
न्यायाधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दैे उक्त फैसला सुनाएको हो । कसुरदारले गत असार ३० गते बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।
जिल्ला अदालतको ०७६ साउन २० को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ३१ गते गरिएको थियो ।