INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा शहीदभूमि गाँउपालिका–३ स्थायी घर भई धरान उमनपा–१६ मा बसोवास गर्दै आएका ३५ वर्षीय गिरेन्द्र राईलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि सोही दिन आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा कात्तिक १३ गते गरिएको छ ।

अन्य

भिडियो