INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–८ गैसारका २२ वर्षीय विजय राईलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक १० गते पानीपिया क्षेत्रको जङ्गलमा लगि बलात्कार गरेको आरोपमा पीडितले कात्तिक १३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण इटहरी अस्पतालमा कात्तिक १३ गते गरिएको छ ।

अन्य

भिडियो