INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई ०७६ असोज ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–७ का १८ वर्षीय प्रज्वल चौधरीलाई कात्तिक १ गते गिरफ्तार गरेको छ ।

पीडित बलिका खेलिरहेको अवस्थामा आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले असोज ३० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई शारदा चौधरीले बताइन् ।

आरोपितविरूद्व कात्तिक २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी म्याद थपेर गरेर अनुसन्धान भइरहेको  सई चौधरीले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १ गते सेती प्रादेशिक अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो