INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–९ का ३१ वर्षीय देव बमलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका थिए ।
खाँडाचक्र नपा–२ हुल्म बजारमा होटल व्यवसाय गरी बस्ने आरोपित बमले आफ्नै होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्याम वलियाले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल, कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो