१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–२ चिसापानी निवासी ३२ वर्षीय देवबहादुर सुनारलाई कात्तिक ७ गते घरैबाट गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिलला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक ६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरी जनायो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,