INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया सुस्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पाँच महिनाअघि दुई पटक बलात्कार गरी गर्भ रहन गएको भन्दै पीडित पक्षले असोज ६ गते प्रहरीमा उजुरी गरेपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी जनकबहादुर शाहीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते जिल्ला अस्पताल मङ्गलसेनमा गरिएको डिएसपी शाहीले बताए ।

अन्य

भिडियो