२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत लखिमपुर खिरीका ५० वर्षीय अमित शाहलाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई कवाड किन्ने बहानामा कात्तिक २ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई शारदा चौधरीले बताइन् ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक २ गते सेती प्रादेशिक अस्पतालमा गरिएको सई चौधरीले बताइन् ।