INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार र शरीर बन्धक गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश खिरिग्राम महुवा थाना घर भई हाल कोहलपुर नपा–८ बस्ने ४५ वर्षीय प्रमोद पाण्डेलाई असोज ३० गते गिरफ्तार गरेको छ ।

आरोपितको होटलको लेखापाल पदमा कार्यरत महिलालाई असोज १२ गते भारतमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर भारतमा लगी बेचबिखन गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज २७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष रोकाले बताए ।

अन्य

भिडियो