१६ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपमा प्रहरीले लम्जुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका-४ घर भइ ललितपुर जिल्ला ललितपुर महानगरपालिका ३, पुल्चोक बस्ने ७० वर्षीय टेकबहादुर अधिकारीलाई असोज २८ गते गिरफ्तार गरेको छ ।
महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी दुर्गा सिंहका अनुसार पीडित बालिकालाई आरोपितले असोज २७ गते यौन दुव्यर्वहार गरेको पीडित बालिकाको आरोप छ ।
पीडित बालिकाले असोज २७ गते नै महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएपछि आरोपितलाई खोजी गरी असोज २८ गते बिहान ललितपुर महानगरपालिका ३, स्थित आरोपितको डेराबाट गिरफ्तार गरिएको एसपी सिंहले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।