INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

प्रहरी तालिम केन्द्र (कर्णाली प्रदेश) हाल नेपालगञ्जमा तालिममा रहेकी २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उक्त केन्द्रमा कार्यरत प्यूठान जिल्ला धरमपानी गाँउपालिका–४ का ४० वर्षीय सई बमबहादुर रानालाई असोज २८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले असोज २६ गते तालिम केन्द्रमा बलात्कार गरेको भन्दै पीडितले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर वलीले सई रानालाई गिरफ्तार गरी निलम्बन गरिएको र जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको बताए । एसपी वलीले पीडितका आमा बुबालाई समेत बोलाएर घटनाबारे छलफल गरेको बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २८ गते भेरी अस्पताल नेपालगन्जमा गरिएको प्रहरीले जनायो  ।

अन्य

भिडियो