३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–८ का ३३ वर्षीय दिनेश चौधरीलाई असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असोज २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २७ गते आरोपित चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहमा असोज २७ गते गरिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी हुनासाथ आरोपित चौधरीलाई गिरफ्तार गरी कारवाही प्रकृयाको लागि असोज २८ गते म्याद थप गराएको इलाका इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताए ।