१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–८ का २७ वर्षीय सत्य सदालाई असोज २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २५ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको एसपी वीरबहादुर बुढामगरले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २८ गते गरिएको छ ।