१४ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–४ बैरिहवा घर भई सुनवल नपा–१० बस्ने ३५ वर्षीया सरिता यादवलाई असोज २८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई असोज २६ गते आरोपितले विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा स्थानीयको सहयोगमा जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको हो ।
पीडित पक्षले आरोपित विरूद्ध असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपित विरूद्ध मानव बेचबिखन तथा ओसार पसरा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी वीरेन्द्र थापाले बताए ।