नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–४ का ५३ वर्र्षीय दिपककुमार क्षेत्रीलाई असोज २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले असोज २७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षले दिएको उजुरीका आधारमा ओरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराइले बताए ।
पीडितको स्वास्थ्य परीक्षण असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,