INSEC Online

📅 २०८३ जेष्ठ २१

मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढ्न बाध्य

मार्बु र खारेका स्थानीय जीर्ण तुइन चढेर आफ्नो दैनिकी समाल्न बाध्य छन् । गौरीशङ्कर गाउँपालिकाको केही वडाका स्थानीयबासी तुइन चढेर आवतजावत गर्न बाध्य छन् ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको टोपटार स्थित खानीखोलामा काठे पुलसमेत नहुँदा यहाँका स्थानीय जीर्ण तुइन प्रयोग गर्न बाध्य भएका हुन् ।

गाउँपालिकाको वडा नम्बर ७ साविक मार्बु गाविस र वडा नं. ८ साविक खारे गाविसको सिमाना टोपटारमा काठको पुल समेत नहुँदा जोखिम मोलेरै जीर्ण तुइनबाटै स्थानीयबासी खोला तर्ने गर्छन् । सरकारले ‘तुइनमुक्त देश’ बनाउने अभियान सञ्चालन गरेपनि टोपटारमा भने अभैm झोलुङ्गे पुल निर्माण गरिएको छैन ।

हिमवर्ती माविमा अध्ययन गर्न जाने विद्यार्थीले जीर्ण तुइनको प्रयोग गर्दै जोखिमपुर्ण यात्रा गर्नुपरेको खारेका स्थानीय विमल आचार्यले बताए ।

गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम्बहादुर खड्काले तीन वर्षअघि झोलुङ्गे पुल बनाउनका लागि बजेट प्राप्त भई निर्माण व्यवसायीसमेत छनौट भइसके पनि निर्माण व्यवसायीले झोलुङ्गे पुल निर्माण सुरू नगर्दा स्थानीयवासी तुइन प्रयोग गर्न बाध्य भएको बताए ।

चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई दबाब दिइरहेको उनको भनाई छ ।

प्रमुख खड्काले यदि यसवर्ष ठेकेदारले पुल निर्माण नगरे गाउँपालिकाले वैकल्पिक उपाय अपनाउने समेत बताए ।

photo20191016dolakha (2)

अन्य

भिडियो