चाडपर्व नजिकिएसँगै यातायात क्षेत्रमा अपागङ्ता भएका व्याक्तिहरू र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् ।
अपागङ्ता भएका व्याक्तिहरूसम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३७ उपदफा २ मा र ज्येष्ठ नागरिक कल्याण ऐनले गरेको व्यवस्था अनुसार सार्वजनिक यातायातमा ५० प्रतिशत छुट सुविधाको व्यावस्था गरेको छ ।
सिर्जनशील अपागङ्ता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले यसभन्दा पहिला पनि अपागङ्ता भएका व्याक्तिहरूको लागि छुट र आरक्षण नपाएको बताए ।
‘हामी जस्ता केही बोल्न सक्नेले छुट पाए पनि सामान्यतय आपाङ्ता भएका व्याक्तिले अहिले पनि छुट पाउन सकेका छैनन् ।’–उनले भने ।
अपाङ्ग पुनस्र्थापना केन्द्रका लेखनाथ आचार्यले चाडपर्व नजिकिएसँगै सबै सिट पहिले नै बुक भएको भन्ने बाहानामा अपागङ्ता भएका व्याक्तिहरूले आरक्षण समेत पाउन नसकेको बताए ।
ज्येष्ठ नागरिक समाजका अध्यक्ष वुद्धिबहादुर रायमाझीले यातायात क्षेत्रमा चाडपर्वमा मात्रै नभएर अन्य समयमा पनि ज्येष्ठ नागरिकहरूको आरक्षणको र छुटको सुविधा प्राप्त गर्न नसकेको बताए । उनले चाडपर्वको समयमा राज्यले झनै निगारानी राख्नुपर्ने बताए ।
देउराली यातायात प्रालिका अध्यक्ष योगेन्द्र खड्काले चाडपर्वको समयमा केही समस्या भएको हुन सक्ने बताए । उनले अपागङ्ता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूको बारेमा कर्मचारीलाई सुविधा र आरक्षण दिन निर्देशन दिने बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालि अर्घाखाँचीका प्रमुख कमल भुसालले परिचय पत्र लिएर आएको अवस्थामा आरक्षण र छुट सुविधा उपलब्ध गराउन कर्मचारीहरूलाइ निर्देशन दिएको बताए । ‘कहिँ कतै समस्या भए फोन गरी सुझाव दिन आग्रह गर्दछु ।’–उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले सबै यातायात व्यवसायीहरूलाई आरक्षण र छुट सविधा दिन छलफल गरिएको बताए । उनले व्यवसायीहरूलाई पुनः जानकारी गाराउने बताए ।