२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले गौरीगङ्गा नगरपालिका–११ का २३ वर्षीय अमित चौधरीविरूद्व असोज २१ गते इलाका प्रहरी कार्यालय, चौमालामा उजुरी दर्ता गराएको छ ।
पीडित युवतीलाई असोज २० गते बलात्कार गरिएको भन्दै उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
आरोपित फरार रहेका कारण खोजी कार्य भइरहेको डिएसपी बस्नेतले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण असोज २१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।