१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मलङ्गवा नपा–१० का २६ वर्षीय विरेन्द्र राय यादवविरूद्ध पीडितका बुबाले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित बालिकालाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २१ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको र घटनाका आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।