२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय पन्न बमलाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ १४ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको थियो ।
उजुरी दिएपछि आरोपित फरार अवस्थामा रहेकाले प्रहरीले खोजी गरिरहेको थियो । उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबावु वलियाले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ १४ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको प्रहरीले जनायो ।