INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोडैता नपा–१० सिसौटिया टोल बस्ने १९ वर्षीया धिरज चौधरीलाई सोह दिन गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपित चौधरीलाई घटनास्थलबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोडैतामा खबर गरी बुझाएको पीडित बालिकाका बाबुले बताए ।

आरोपित चौधरीलाई गिरफ्तार गरिएको र घटनाको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयका असई सुशीलकुमार सिंहले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छैन भने पीडित पक्षले हालसम्म उजुरी नदिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो