१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–७ सोनपुरका २५ वर्षीय शालिकराम थारुलाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको सूचना प्राप्त गरे लगत्तै इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको हो ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय बनियाभारमा असोज १६ गते उजुरी दर्ता गराएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनियाभारका इन्स्पेक्टर हिक्मतबहादुर भण्डारीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १५ गते जिल्ला अस्पताल गुलरियामा गरिएको प्रहरीले जनायो ।