२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–८ का २९ वर्षीय पन्न बमलाई असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ १४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको थियो ।
घटनापछि फरार रहेका आरापितलाई पीडित पक्षको उजुरीपछि गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबावु बलियाले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ १४ गते जिल्ला अस्पताल, कालिकोटमा गरिएको प्रहरीले जनाएको छ ।