INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोक्राहा नरसिंह गाउँपालिका–५ का १९ वर्षीय रिजवान मियाँविरूद्ध असोज १४ गते प्रहरीमा उजुरी दर्ता गराएको छ ।

पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
उजुरी लगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीको भनाई छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १४ गते गरिएको छ ।

अन्य

भिडियो