प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि छानविनका लागि सहज होस् भनी राजनीमा दिएको उपसभामुखलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
