केदार स्यूँ गाउँपालिका-७ को वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । असोज ४ गते राति वडा कार्यालयमा आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निशा धामीले बताए । उनले आगजनीबाट वडा कार्यालयमा रहेका सामानहरू जलेर नष्ट भएको बताइन् ।
वडा कार्यालयमा आगजनी कसले र किन गरेको हो भन्नेबारे अहिलेसम्म नखुलेको र घटनास्थलसम्म पुग्न रायल प्रहरी चौकीबाट टोली प्ररीचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेस बमले जानकारी दिए ।
बमका अनुसार वडा कार्यालय जान करिबव चार/पाँच घण्टाको पैदल दुरीमा रहेकाले प्रहरी पुगेपछि मात्र यथार्थ विवरण आउने बताए ।