लमही नपा– ७ स्थित उचानिवु सामुदायिक वनमा ३५/३६ वर्षको जस्तो देखिने एक जना महिलाको शव फेला परेको छ ।
च्याउ खोज्न गएका स्थानीय बालबालिकाले असोज ३ गते बिहान सडेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पुर्याएपनि अनुहार तथा शरिर गलिसकेको अवस्थामा रहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनकप्रसाद भट्टराईले जानकारी दिए ।
शरीर सडेकाले शङ्कास्पद रहेको भट्टराईले बताए । स्थानीयले भने महिलाको हत्या गरेर फालेको हुनसक्ने अनुमान लगाएका छन् । उक्त शवको पहिचान पनि हुन सकेको छैन ।