४५ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले बोदे बर्साईन नपा–६ का ६५ वर्षीय गोवर्धन यादबलाई असोज १ गते गिरफ्तार गरेको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपित गोबद्र्धनलाई गिरफ्तार गरेको र अन्य आरोपितहरू बोदे बर्साईन नपा–६ का ३५ वर्षीय दुर्गाप्रसाद यादव, ५५ वर्षीया जसोदेवी यादव र ३५ वर्षीया अनीतादेवी यादवको खोजीकार्य गरिरहेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितहरूविरुद्ध असार २२ गते उजुरी दर्ता गरेको इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले बताए ।
आरोपितहरूले कथित बोक्सीको आरोप लगाई जेठ ५ गते गालीगलौज गर्नुका साथै कुटपिट गरेको र आफूमाथि मन्त्र फुकेर गाईबस्तु मारेको आरोप लगाउँदै अमानवीय व्यवहार गरेको पीडितले बताएकी छन् ।