INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा–२ रुमस्थित वडा कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी चौकी, त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसीलाई असोज १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १ गते बेलुकी मदिरा सेवन गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही समय प्रहरी चौकी, त्रिपुराकोटमा मौखिक उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै घटनाका आरोपितलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय, डोल्पामा पठाएको प्रहरी चौकी, त्रिपुराकोटका सई टेकबहादुर देउवाले जानकारी दिए ।

आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै स्थानीयले असोज २ गते प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढा समेत गरेका गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी नारायण रञ्जितकारले यौन दुर्व्यवहार घटनाका आरोपितलाई जिल्ला प्रहरी कार्यालय, डोल्पास्थित हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते जिल्ला अस्पताल, दुनैमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो