INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारको बहानामा पेट काटेका बिरामीको मृत्यु

जण्डिस निको पार्न भन्दै पेट काटेर घाइते भएपछि उपचार गराइरहेका नीलकण्ठ नगरपालिका–९ झगरेका ३९ वर्षीय  राजु मगरको मृत्यु भदौ ३० गते राति भएको छ ।

Photo20190917Dhading
जण्डिसको बिरामी परेर नीलकण्ठ नगरपालिका–३ का ५५ वर्षीय गजबहादुर लामाकोमा उपचारका लागि गएका मगरको पेट झाँक्री गजबहादुर लामाले चिरेर रगत चुसेपछि गम्भीर बिरामी परेका थिए ।

जिल्ला अस्पालमा २४ गते भर्ना भएका मगरलाई भदौ २५ गे जिल्ला अस्पतालले काठमाडौँस्थित वीर अस्पालमा थप उपचारका लागि पठाइएको थियो । तर, उनको उपचार जिल्ला अस्पतालमा नै गरिएको थियो । पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको थियो ।

बिरामीको अवस्था गम्भीर भएको र जण्डिसले कलेजो विग्रिएको बेला पेट समेत काटेपछि थप बिरामी परेका घाइते भएका मगरको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए ।

रोग निको पार्न झाँक्रीले ८ हजार ३ सय ८० रुपियाँ रकम समेत लिएर झाँक्रीले भदौ १५ गते पेट चिरेको बिरामीको पत्नी विमला मगरले बताइन् ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरेको छैन । घटना सम्बन्धमा जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले पीडित पक्षले किटानी उजुरी नदिएको जानाकारी दिँदै अनुसन्धानपछि मात्र आरोपितलाई हिरासतमा लिन सकिने बताए ।

अन्य

भिडियो