बित्थडचिर गाउँपालिकाको गाडीमा भदौ २८ गते आगजनी गरेको छ । देउलेख बजारमा पार्किङ गरेर राखेको गाडी अज्ञात पक्षले आगजनी गरेको हो ।

भदौ २८ गते अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगजनीबाट गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडीको अगाडिको भाग पूर्ण रुपमा जलेर नस्ट भएको बिथ्थडचिर गाँउपालिका अध्यक्ष प्रेम बोहराले जानकारी दिएका छन ।
स्याडी प्रहरी चौकीबाट खटीएको टोलीले घटनामा संलग्न भएको आशङ्कामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता अम्मर महरलाई भदौ २९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इस्वरीदत्त पाण्डेले जानकारी दिए ।
गाडीमा आगो लगाएको विषयमा अनुसन्धान भइरहेको र घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।