INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले चापाकोट नगरपालिका–८ का ५५ वर्षीय रामचन्द्र पौडेललाई भदौ २९ गते एक वर्ष कैदको सजायको फैसला गरेको छ ।

न्यायाधीश रामनाथ पौड्यालको इजलासले आरोपितलाई कैद सजायसँगै पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति स्वरुप भराउने र १५ हजार रुपियाँ जरिबाना भराउन आदेश भएको श्रेस्तेदार नन्दप्रसाद अचार्यले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ असोज ६ गते यौन दुर्व्यवहार गरेको भनी असोज ७ गते वडा प्रहरी कार्यालय वालिङमा बालिकाका आफन्तले उजुरी दिएका थिए ।

उजुरी लगतै प्रहरीले असोज ७ गते नै आरोपितलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो भने पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते गह्रौ घ्याङ्गलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो ।

अन्य

भिडियो