सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नगरपालिका–१ का २० वर्षीय यसुप नेपालीलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ २७ गते गाउँमा बन्दै गरेको एक घरमा कोही नभएको मौका पारी बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
पीडित बालिकाको अस्वभाविक शारीरिक समस्या देखा परेपछि अभिभावकले सोधपुछ गर्दा घटना बाहिरिएको होे ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २८ गते जिल्ला अस्पताल गुलरियामा गरिएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते आरोपितविरूद्ध उजुरी दिएको छ ।