INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले गोली प्रहार गरी गुरुङ गिरफ्तार

विभिन्न क्षेत्रका मानिसहरूलाई धम्की दिँदै पैसा उठाउँदै आएको आरोप लागेका धादिङको सेमजोङका ३१ वर्षीय साजन गुरुङ (नचोक) लाई प्रहरीले भदौ २७ गते गोली प्रहार गरी गिरफ्तार गरेको छ ।

काठमाडौँको गोलढुङ्गामा गिरफ्तार गर्ने क्रममा प्रहरीमाथि गुरुङले गोली चलाएपछि प्रहरीले उनको दुवै गोडामा गोली चलाएर गिरफ्तार गरेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

गुरुङको साथबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसमेत बरमद गरिएको प्रहरीले जनाएको छ । उनको उपचार भदौ २७ गतेदेखि नै काठमाडौँको टिचिङ अस्पतालमा भइरहेको छ ।

अन्य

भिडियो