२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिद्धकुमाख गाउँपालिका–१ बाझकाँडाका २३ वर्षीय बिरेन्द्र बुढाथोकीलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको जनाएको छ ।
पीडित महिलालाई आरोपितले भदौ २१ गते बलात्कार गरेको भनेर ती महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनको खोजी कार्य गरेको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल सल्यानमा गरिएको थियो । घटनापछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।