१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङको रङ्गेली नपा–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नपा–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई आरोपितले भदौ २४ गते मोरङमा सार्वजनिक बसभित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
खड्का र न्यौपाने ना ६ ख ९३४४ नम्बरको सुनकोशी सुपर बसका चालक र सहचालक हुन् । दुवै जनालाई प्रहरीले घटनास्थलबाट गिरफ्तार गरेको छ ।
मोरङको वेतना सिमसार घुमफिर गरी बसमा चढेर बालिका दमक हिँडेकी थिइन् । दमकमा ओर्लन नदिई बालिकालाई सोही बसमा पथरीशनिश्चरे हुँदै मोरङको रङ्गेली नपा–९ स्थित दोहमना हाटचोकमा ल्याएर साँझ साढे ६ बजे बसभित्रै दुवै जनाले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीद्वारा मुलुकी अपराध संहिता २०७५ बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए ।