१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धरौटीमा रिहा भएका बेलका नगरपालिका ७ का ३४ वर्षीय हेमकुमार राईलाई जिल्ला अदालतले भदौ २६ गते ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना र पीडितलाई ३० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित बालिकालाई आरोपितले ०७५ फागुन २६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन २८ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २९ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।
चैत ८ गते गिरफ्तार परेका कसुरदारलाई अदालतले ०७६ वैशाख २ गते १ लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।