सप्तरी जिल्ला राजविराज नपा–८ निवासी ४५ वर्षीय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का प्रदेश सदस्य ४५ वर्षीय देवनाथ यादव प्रहरीको लाठीबाट घाइते भएका छन् ।
नेकपा प्रदेश–२ अन्तर्गतका जिल्ला कमिटीका पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा प्रहरीको लाठी चार्जबाट यादव घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको थियो । घाइते यादवको भदौ २४ गते जनसेवा अस्पताल वर्दिवासमा उपचार भएको छ ।
महोत्तरीको बर्दिवासमा भादौ २४ गते आयोजित धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरी जिल्लाका जिल्ला पदाधिकारीहरूको लागि तय भएको सपथ ग्रहण कार्यक्रम पार्टीभित्र कै असन्तुष्ट पक्षको विरोधका कारण झडप भएको थियो । झडपका क्रममा आक्रोशित कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेका कुर्सी समेत तोडफोड गरेका थिए ।
प्रहरीले झडपलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी निशान थापाले बताए ।