INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मलङ्गवा नपा–३ का २८ वर्षीय राजकिशोर राय यादवविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २५ गते उजुरी दिएको छ ।

पीडित बालिका मलङ्गवा नपा–३ विश्वकर्मा चोकमा मुश्लिम समुदायको पर्व दाहामेला हेर्न गएको बेला आरोपित यादवले भदौ २४ गते साँझ यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भदौ २५ गते गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपित यादव घटनापछि फरार भएकाले छिटो भन्दा छिटो गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठोरले बताए ।

अन्य

भिडियो