INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले धनगढी उमनपा-१६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ वर्षीय सन्दिप रानालाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

आफूहरू प्रहरी भएको भन्दै घटनाको अनुसन्धान गर्नु पर्ने भनेर आरोपितहरू भदौ २१ गते राति १२ बजे पीडित बालिकालाई घरबाट अपहरण गरी लगेको भन्दै भदौ २२ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अरोपितहरूलाई गिफ्तार गरी अपहरण, शरीर बन्धक र बलात्कारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २२ गते सेती अञ्चल अस्पतालमा गरिएको डिएसपी बस्नेतले बताए ।

अन्य

भिडियो