१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा माधवनारायण नपा–५ का २४ वर्षीय गोविन्द सहनी र २५ वर्षीय जितेन्द्र सहनीविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गरुडामा भदौ १५ गते उजुरी दर्ता गराएको छ ।
पीडित युवतीलाई आरोपितद्वयले भदौ १४ गते बलात्कार प्रयास गर्दा गाउँलेहरूले देखेर सम्भावित खतराबाट जोगाएको पीडितले बताइन् ।
पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ १५ गते जिल्ला अस्पताल गौरमा गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले बताए । आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी अर्यालले बताए ।