INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी आरुबोटेका १८ वर्षीय पासाङ तामाङलाई भदौ १७ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले भदौ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १७ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो