INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१३ का २१ वर्षीय उपेन्द्र मगर र सोही ठाँउका २२ वर्षीय विजय मगरलाई भदौ १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

तीजको नाँच हेर्न गएकी बालिकालाई भदौ १४ गते मादक पदार्थ सेवन गरी आरोपितद्वयले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय घोराहीमा भदौ १५ गते उजुरी दिएपछि आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान थालिएको एसपी बेलबहादुर पाण्डेले बताए  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो