२६ वर्षीया कौशिल्या शर्मालाई ३० वर्षीय पतिले कुटपिट र यौन दुर्व्यवहार गरी घर निकाला गरेको आरोप लगाएकी छन् ।
पीडित महिलालाई आरोपितले एक सातायता पटकपटक यातना दिएको, कुटपिट गरेको र राति मदिराले मातेर यौन दुर्व्यवहार समेत गरेको आरोप लगाएकी हुन् ।
पीडित महिलालाई आरोपितले लगातार रूपमा मानसिक यातना दिएको, कुटपिट गरेको र भदौ १३ गते राति पनि मदिराले मातेर यौन दुर्व्यवहार गरेर घर निकाला गरेकाले छिमेकीको घरमा शरणमा बसेकी छन् ।
पीडितले तीन छोराछोरी भएकाले घरमै बस्दा रातको समयमा अवेर गरेर आउने र गालीगलौज सहित आफूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पतिविरूद्ध भदौ १२ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी गरेको बताइन् । उजुरी गरेको भोलपिल्ट पनि कुटपिट तथा यौन दुर्व्यवहार गरेकाले घरै छाड्नुपरेको पीडितले बताइन् ।
पीडितको मौखिक उजुरी आएको भएपनि भदौ १५ गते आरोपितलाई छलफलमा बोलाएको जिल्ला प्रहरी कार्यालयकी सई विनुमाया बस्नेतले बताइन् । पीडित महिलाको गाउँकै स्वास्थ्य क्लिनिकमा उपचार भएको छ ।