INSEC Online

📅 २०८३ जेष्ठ २१

डिएसपीद्वारा कार्यकक्षमै वडा अध्यक्षमाथि दुर्व्यवहार

भीमेश्वर नगरापलिका–४ का वडा अध्यक्ष हरिबंश चौलागाईलाई दोलखा जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले भदौ १२ गते आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

सदरमुकाम चरिकोटको पानारोमा रिसोर्टको परिसरमा हत्या गरिएका १८ वर्षीय पवन बस्नेतको हत्यारा पत्ता लगाउन प्रहरीले धैरै आलटाल गरेपछि जानकारी लिनका लागि मृतकका आमा बुबा र स्थानीय सहित भदौ १२ गते जिल्ला प्रहरी कार्यालय पुगेका वडा अध्यक्ष चौलागाईलाई डिएसपी राईले आफ्नै कार्यकक्षमा एक्कासी अपशब्द प्रयोग गरी कार्यकक्षबाट गलत्याएर बाहिर निकालेका हुन् ।

‘डिएसपी राईले पीडित चौलागाईलाई ‘तँ गद्दार होस्, तैँले कसरी चुनाव जितिस् ? भन्ने मलाई थाहा छ । प्रहरीले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्न आउने तँ को होस् ? र, तेरो सरकारले राज्य पुनर्संरचना अनुसार के प्रविधि दियो ?, धेरै नबोली जा, नत्र भाटाले हान्छु भन्दै कुटपिट समेत गरी बाहिर निकालेर दुर्व्यवहार गरे ।’–वडा अध्यक्ष चौलागाईले भदौ १२ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौलागाइँले आफूलाई अपशब्द प्रयोग गरी हातपात गर्ने डिएसपी मानबाहादुर राईलाई कारवाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सेते तामाङले डिएसपीको कार्यकक्षकमा विवाद चर्किएपछि वडा अध्यक्ष सहित सबैलाई डिएसपीको कार्यकक्षबाट बाहिर निकालिएको बताए ।

अन्य

भिडियो