मन्थली नगरपालिका-५ सुनारपानीमा भदौ ९ गते राति अज्ञात पक्षद्वारा मिनीट्रकमा आगजनी गरिएको छ ।

ट्रक चालक सन्देश कार्कीको घरनजिकै पार्किङमा राखिएको बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा रातको करिब ११ बजेतिर अज्ञात पक्षले आगो लगाई जलाएको र आगजनीबाट ट्रक जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनायो ।
रातको १२ बजेतिर मिनीट्रकमा आगो लागेको थाहा पाएर स्थानीय त्याहाँ पुग्दा ट्रक जलेर नष्ट भएको अवस्थामा फेला परेको मिनीट्रक धनी नवीन कार्कीले बताए ।
ढुवानी सेवा समितिका अध्यक्ष रहेका नवीन कार्कीको मिनीट्रकमा आगो कसले र किन लगायो भन्ने थाहा हुन नसकेको र घटनबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।