३० वर्षीया महिलालाई फोनमार्फत अपशब्द बोलेको पीडितले व्यास नपा-६ का वडाअध्यक्ष सुर्यभक्त भण्डारीविरूद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा भदौ ८ गते उजुरी दिएकी छिन् ।
पीडित महिलालाई वडा अध्यक्ष भण्डारीले साउन ३० गते मोबाइलमा फोन गरेर अश्लिल कुरा गरी दुर्व्यवहार गरेको पीडित युवतीले दिएको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी विनोद सिलवालले जानकारी दिए ।
वडाअध्यक्ष भण्डारीलाई भदौ ९ गते कार्यालय समय भित्र प्रहरी कार्यालयमा उपस्थित हुन खबर गरिसकेको भन्दै एसपी सिलवालले कार्यालय समयमा उपस्थित नभए गिरफ्तार गरिने बताए । वडा अध्यक्ष भण्डारीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइने एसपी सिलवालले जानकारी दिए ।