६८ वर्षीया बृद्धालाई भदौ २ गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले गल्कोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर बिकलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरी मातेका बिकले बृद्धालाई उनकै घरमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको हो ।
पीडित पक्षले भदौ ५ गते प्रहरीमा लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार आरोपित बुलबहादुर यो भन्दा पहिले पनि जबरजस्ती करणी मुद्दामा दुई वर्ष सजाय भुक्तान गरी केही समय पहिले मात्र छुटेको थिए । पीडित बृद्धाको स्वास्थ्य परीक्षण भदौ ४ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।